रनवेबाट चिप्लिएर जहाज घाँसेचौरको १५ मिटर पर पुगेको थियो

काठमाडौं । यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज आज बिहान धावनमार्गमा चिप्लिएको हो ।

दुर्घटना हुँदा २ जना यात्रु घाइते भएका छन् । कोटेश्वरतर्फको ०-२ बाट अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर जहाज घाँसेचौरको १५ मिटर पर पुगेको थियो ।

जहाजमा चालक दलका ४ र यात्रु ६६ गरी ७० जना थिए।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ । धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमानको उडान अवतरण अवरुद्ध बनेको छ ।

वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने बताइएको छ ।

दक्षिणी सहित भित्री ग्रामीण भेग डुबानमा

इनरुवा । चार दिनयताको लगातारको वर्षाका कारण पूर्वी तराईमा डुबानको समस्या देखिन थालेको छ । सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रममा रहेको छ भने सुनसरीका दक्षिणी सहित भित्री ग्रामीण भेग डुबानमा चपेटामा परेका छन् ।

सेउती, टेङग्रा, बुढी, मरिया र सुनसरी जस्ता खोलामा जल स्तर बढेको छ । पानीको उचित निकास अभावमा सडक तथा बस्तीहरू डुबानमा परेका छन् ।

सडक तथा बाटोघाटो निर्माण गरिँदा पानीको निकास नखोजिएकाले दक्षिणी भेगका धेरैजसो भेगमा पानी जमेर बस्तीहरू डुबानमा परेका छन् ।

हरिनगरको वसन्तपुरका ४५ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बर्जु र हरिनगर सहितका गाउँपालिकामा ढल नालाको बन्दोवस्ती बेगर निर्माणाधिन सडकका कारण निकास नहुँदा बस्ती डुबानमा परेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

खोलामा पानी बढ्ने क्रममा रहेकाले सुनसरी खोला किनारका बासिँदालाई समेत सचेत रहन भनिएको छ । बराह क्षेत्र मन्दिर जाने मार्गको ७ स्थानमा पहिरो खसेकाले सो क्षेत्रमा तत्कालकालागि आवतजावतमा रोक लगाइएको छ ।

सुनसरीका प्रहरी उपरीक्षक यज्ञबिनोद पोखरेलले सप्तकोशी नदी सहित खोलानालामा पानीको स्तर बढेपनि कुनै पनि खतरा भने नरहेको बताउनु भएको छ । उता अविरल वर्षासँगै सप्तकोशी नदीको बहावमा समेत वृद्धि भएको छ ।

सप्तकोशी नदीमा पछिल्लो मापन अनुसार कोशीको बहाव १ लाख ८४ हजार ७ सय ४५ रहेको छ । कोसी ब्यारेजका २३ वटा ढोका खोलिएका छन् ।

पूर्वी पहाडी भेगमा पानी पर्ने क्रम जारी रहेकाले बहावमा वृद्धि हुन सक्ने कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

छालाको रोगले पनि आँखामा कालो धर्सा आउँछ

काठमाडाै‌ । आँखामुनिको कालो धब्बाले मानिसको सुन्दरतामा नै असर पारेको हुन्छ । यसबाट धेरै पिडित पनि छन् ।

आँखामुनि कालो धब्बा आउनुको कारण अनिन्द्रा ठानिन्छ । प्रशस्त सुत्नु निकै महत्वपूर्ण भए पनि निन्द्राको अभावले मात्र आँखामा कालो धब्बा आउँदैनन् । यसका अन्य कारण पनि छन्ः

खराब जीनः हो, तपाईको आँखामा कालो धर्सा र दाग हुनुको दोष अभिभावकलाई पनि जान्छ । ‘वंशानुगत कारणले कतिपय मानिसको आँखामा काला धर्सा र धब्बा देखिन्छन्,’ न्यूर्योक सिटी अस्पतालका डम्र्याटोलोजिस्ट तथा वरिष्ठ छाला रोग विज्ञ डा ब्रुस काज भन्छन् । ‘भूमध्ये सागरको पृष्ठभूमिका मानिसहरुसमा यस्तो समस्या आउँछ,’ उनी भन्छन् ।

छालाको रोग (इसेज्मा)- छालाको रोगले पनि आँखामा कालो धर्सा आउँछ । यो रोग लाग्दा आँखा चिलचिलाउँछ र आँखामा दाग आउछ । ‘आँखा चिलायो भनेर घोट्दा सुन्निन थाल्छ आँशु वरपरको रक्त कोषका नलीलाई टुटाइदिन्छ जसले आँखा मुनिको छाला कालो र निलो डाम जस्तो देखिन्छ,’ न्यूर्योकस्थित छाला रोग विज्ञ डा डेभिड इ वेंक भन्छन् ।

एलर्जीले पनि कालो बनाउँछ –आँखामा कालो धर्सा आउन इसेज्मा जस्तो छालाको रोग मात्र मुख्य जिम्मेवार छैन । एलर्जीले छालालाई रातो बनाउँछ र रगतको नलीलाई बिस्तार गरिदिन्छ,’ डा बैंक भन्छन् । ‘हाम्रो आँखाको ढकनी र आँखामुनिको छाला शरिरको अन्य भागको तुलनामा निकै पातलो भएकोले सुन्निएको रक्त नली अन्य क्षेत्रको तुलनामा कालो हुन्छ । तसर्थ सम्भव भएसम्म छिटो भन्दा छिटो छालाको एलर्जीको उपचार गर्नुहोस् ।

मेकअपले पनि धर्सा निम्त्याएको हुनसक्छ – मेकअपले कालो धब्बा देखाउँछ भन्दा विश्वास नलाग्न सक्छ । तर, तपाईले मासकारा, आइस्याडो वा कन्सिलर लगायतका उत्पादन प्रयोग गर्नु भएको छ भने तपाईको छालालाई असर गर्छ । ‘कतिपयल मेक अप गर्दा एलर्जी आउँछ र एलर्जीले आँखामुनि कालो धर्सा उत्पन्न हुन्छ,’ डा कताज भन्छन् । नयाँ आइलिन्डर प्रयोग गरेपछि आँखामा केही धब्बाजस्तो कालो आकार देखिने उनी बताउछन् । सौन्दयका सामग्रीमा स्वास्थ्यका लागि हानिकारक मानिएको लीड मिसाइएकोले पनि यो छालाका लागि उपयुक्त मानिदैन ।

हड्डीको बनौटः आँखामा कालो धर्सा देखिनुमा हड्डिको संरचना र विशेषगरी तपाईको अनुहारको आकारमा पनि भर पर्छ । ‘जब मानिसको आखामुनि आँशु झर्छ, आँखामा रहेको आँशुले छालालाई कालो धर्सायुक्त बनाउँछ,’ डा कज भन्छन् ।

नशाले पनि निलो छायाँ देखाउछः यदि तपाईको आँखाको भाग निलोडाम जस्तो देखिन्छ भने यो आँखामा रगत प्रवाह गर्ने नशाहरुको कारणले पनि हुन सक्छ । आँखामुनिको निलो नशाहरु कालो देखिन्छ र यसले आँखाको ढकनी र आँखा वरपरको भागलाई कालो बनाउँछ । तर, यो कालो केबल छालाभित्रको नशा मात्र हो ।

घामबाट जोगिन सक्नु भएको छैनः बाहिर घाममा निस्कदा छालामा चमक आउछ भन्ने तपाईलाई लाग्छ होला । तर, सत्य यो होइन । तपाईको कोमल आँखाको छाला घाममा देखाउँदा झन कालो हुन्छ । आँखाको ढकनी र आँखा वरपरको छाला शरिरमै सबैभन्दा पातलो हुन्छ । तसर्थ सूर्यको प्रकाश वा घामले यो भाग छिट्टै डढाइदिन्छ । जसका कारण तपाईंको छाला कालो दाग देखिन्छ र छालाको पारदर्शीतामा असर गर्छ ।

नेपालले मलेसियालसँग भोलिदेखि टी २० सिरिज खेल्दै

आइसीसी टी २० विश्वकप एसिया रिजन छनोट फाइनलको तयारीमा रहेको नेपालले मलेसियालसँग भोलिदेखि टी २० सिरिज खेल्दैछ । दुई खेलको सिरिजको पहिलो खेल भोलि हुँदैछ । जुलाई ९ मै मलेसिया पुगेको नेपालले केही दिन मलेसियामा प्रशिक्षण समेत गरिसकेको छ । यस्तै दोस्रो खेल आइतवार खेल्नेछ। मलेसियामा दुई खेलसँगै १० दिनको तयारीपछि नेपाली टोली उतैबाट जुलाई २० मा सिंगापुर जानेछ ।

सिंगापुर र मलेसियाको कन्डिसन उस्तै भएकोले मलेसिया भ्रमण नेपालको लागि फाइदाजनक हुने कप्तान र प्रशिक्षकले बताएका छन् । मलेसिया विरुद्धको खेल जित्नका लागि भन्दा पनि कन्डिसन अनुसार तयार हुन र टिमको अवस्थाबारे बुझ्न सहयोग हुने टिमको विश्वास छ । राउण्ड रोविन लिगपछि अंकतालिकामा शीर्ष स्थानमा रहने टोली युएईमा हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

यस प्रकारको विश्वकै पहिलो समाचारबाचिका भएको दाबी

वैज्ञानिकहरूले मङ्गलबार प्राकृतिक मानव जस्तो देखिने, सही भाषा बोल्ने तथा त्यसलाई मिल्दो मनोविनोद क्षमता भएकी यन्त्रमानव (एन्ड्रोइड) समाचारबाचिका सार्वजनिक गरेको छ र उनी यस प्रकारको विश्वकै पहिलो समाचारबाचिका भएको दाबी गरेका छन् ।

यी समाचारबाचिकाको नाम कोदोमोरोइड रहेको छ र यस शब्दले कोदोमो (बाल) र एन्ड्रोइड भन्ने शब्दको समास भन्ने बुझाउँछ । यी समाचारबाचिकाले टोकियोमा एक भूकम्प तथा एफबीआईले गरेको छापा मार्ने कार्यका विषयमा समाचार पढेकी थिइन् ।

कार्यक्रममा उनले आफ्ना सर्जक प्राध्यापक हिरोसी इसिगुरोलाई ‘‘तपाईं त एउटा रोबोट जस्तै देखिनु भयो त ?’’ भनी हाँसो समेत गरिन् ।

कार्यक्रममा कोदोमोरोइडलाई अर्को एक रोबोटले जिस्क्याउन पुगेको थियो र उसले उनको परिचय पनि सोधेको थियो ।

‘ओटोनारोइड’ – ‘म अलिकति डराएँ’ । उनले उक्त रोबोटलाई भनिन् । यहाँ ‘ओटोना’को अर्थ वयस्क भन्ने लाग्छ ।

यी दुबै एन्ड्रोइडले टोकियोस्थित नेसनल म्युजियम अफ इमर्जिङ साइन्स एण्ड इन्नोभेसनमा रहेर इसिगुरोको मानवको यन्त्रसँग अन्तरक्रियासम्बन्धी अध्ययनका लागि तथ्याङ्क सङ्कलन गर्न आगन्तुकसँग अन्तरक्रिया गर्नेछन् ।

इसिगुरोले मानिसको जीवनमा भविष्यमा थप रोबोट आउने बताउनुभयो । उहाँले व्यक्तिले चाहेमा यस रोबोटको शरीर सुटकेसमा तथा टाउको हाते झोलामा राखेर विमानबाट अन्यत्र लैजानसक्ने बताउनुभयो ।

इसिगुरोले आफ्नै प्रतिलिपिको एन्ड्रोइड बनाउनुभएको छ र उहाँ त्यसलाई विदेशमा भाषण दिन पठाउनुहुन्छ ।

उहाँका अनुसार यसले उहाँको यात्रा–समय घटाएको छ । उहाँले प्रविधिको विकासले रोबोट मानव जस्तै देखिने, काम गर्न सक्ने बनाउने र त्यसले मानवलाई आफ्नो मूल्यको विषयमा सोच्न बाध्य बनाउने बताउनुभयो ।

कोदोमोरोइडले सङ्ग्रहालयमा विज्ञानका विषयमा जानकारी दिने नयाँ भूमिका आरम्भ गर्नु अगाडि ओटोनारोइडले उनको जिब्रो, घाँटी आदिको तार परीक्षण गरेको थियो ।

इसिगुरोले यी दुबै यन्त्रमानव यस सङ्ग्रहालयमा आफ्नो अनुसन्धानका लागि मूल्यवान प्रमाणित हुने बताउनुभयो । यहाँ आगन्तुकले यी दुई यन्त्रमानवसँग कुराकानी गर्नेछन् र आफनै लागि उनीहरूको उपयोग गर्न प्रयास गर्नेछन् ।

प्राध्यापक इसिगुरोले यसले मानव के हो भन्ने प्रश्नमा खोजी गर्न महत्वपूर्ण सामग्री उपलब्ध गराउने बताउनुभयो । उहाँले रोबोट बढ्दो रूपमा चलाख बनुन् भन्ने चाहना राखिएको बताउनुभयो ।

सफ्टब्याङकले तयार गरेको घरेलु सहायक नामक मानवरोबोट आउँदो वर्ष दुई हजार अमेरिकी डलरमा जापानी बजारमा आउने भएको छ । उक्त रोबोटलाई गत यस महिनाको आरम्भमा सफलतासाथ प्रस्तुत गरिएको थियो ।

इसिगुरोले यो ल्यापटपको मूल्य बराबर भएको बताउनुभयो ।

हाल मानव र मेसिनबीचको रेखा बिस्तारै धमिलो हुँदै गएको छ । इसिगुरोको समाचारबाचकले उसका मानवसमकक्षीबीच अचम्मलाग्दो तरिकाले आफूलाई प्रस्तुत गरेका छन् ।

कोदोमोरोइडले आफूले भविष्यमा आफ्नै टीभी कार्यक्रम सञ्चालन गर्न चाहेको बताइन् । रासस/एएफपी

महेशबाबु दक्षिण भारतीय चलचित्रको महँगा र चर्चित अभिनेता

काठमाडौँ । महेशबाबु दक्षिण भारतीय चलचित्रको महँगा र चर्चित अभिनेता हुन् । उनले आफ्नो लुक ,एक्कसन र अभिनयको कारण आफ्नो करोडौँ फ्यान बनाएका छन् । त्यसैले दर्जनौ चलचित्रमा काम गरिसकेका उनलाइ नचिन्ने कमै मात्र छन् । आज हामी तपाईलाई तिनै महेशबाबुको तपाईलाई थाहा नभएको ४ रहस्यमय कुराहरु बताउदै छौँ । जुन सुनेर तपाईलाई अचम्म लाग्न सक्छ । हेरौ

-महेशबाबु कुनै समय धुम्रपान भनेपछि मरिहत्ते गर्थे । तर अहिले धुम्रपानको गन्ध समेत मन पराउदैन् । अझ रोचक कुरा के छ भने चलचित्रमा धुम्रपान सिन समेत गदैनन् ।

-उनले आफ्नो करियरको सुरुवात ४ वर्षको उमेरदेखि सुरुवात गरेका थिए । उनले सन् १९९९मा चलचित्रमा मूख्य भूमिका निभाउन सुरु गरेका थिए । तर यो भन्दा पहिले नै उनले ८ वटा चलचित्रमा बाल कलाकारको भूमिका निभाई सकेका थिए ।

-उनलाई आफ्नै मातृभाषा तेलगु बोल्न आउदैन् । त्यसैले चलचित्रमा डाइलग बोल्दा अगाडि बसेर पढेर सुनाउनुपर्छ । किनभने उनी सानैदेखि चेन्नईमा बेसेका थिए ।

-उनले चलचित्रमा अभिनय गरेर कमाएको ३० प्रतिशत रकम सामाजिक काममा लगाउँछन् । त्यसैले वास्तविक जीवनमा नै उनले २ गाँउ आंध्र प्रदेश र तेलगांनाको सबै जिम्मेवारी लिएका छन् ।

बंगलादेशबाट कामदार आपूर्ति गर्ने मलेसियाको तयारी

काठमाडौं– पहिलो रोजाईमा पर्दै आएका नेपाली कामदार लैजान नपाएपछि अन्तत: मलेसियाले नेपाली कामदारको विकल्प खोजेको छ। आगामी अगष्ट महिना भित्रै बंगलादेशबाट कामदार आपूर्ति गर्ने मलेसियाको तयारी छ। प्रमुख स्रोत गन्तव्य नेपालबाट १३ महिनासम्म कामदार लैजान नपाएपछि मलेसियाका विदेशमन्त्री साइफुद्दीन अब्दुलाह बन्द रहेको बंगलादेशबाट कामदार लिने विषयमा छलफल गर्न बंगलादेश आइपुगेका छन्।

मलेसियालि विदेशमन्त्री साइफुद्दीनले बंगलादेशी कामदारका लागि गतवर्ष डिसेम्बरदेखि बन्द रहेको मलेसियाको ढोका अगष्ट महिना भित्रै खुल्ने आशा व्यक्त गरेकोको भनाइ उदृतगर्दै बंगलादेशका संचार माध्यमले भनेका छन्- ‘विदेशी कामदार आपूर्ति गर्ने विषयमा प्रधनमन्त्री महाथिरले नै एउटा प्रक्रियाको नेतृत्व गरिरहनु भएको छ। मलाई लाग्छ त्यहि नेतृत्वले कामदार आपूर्तिको विषयमा भविष्यमा थप निर्णय गर्नेछ। बंगलादेशकालागि एउटा नयाँ अवसर खुल्दैछ।’

बंगलादेशले आफ्नो देशबाट कामदार लिन उच्च राजनीतिक स्तरबाटै पटक-पटक आग्रह गरे पनि मलेसियाले भने बंगलादेशबाट कामदार लिन इच्छा देखाएको थिएन। तर मलेसियाली कम्पनीमा कामदारको चरम अभाव हुँदा समेत नेपालले कामदार नपठाएपछि मलेसिया नेपालको विकल्प खोज्न अघिसरेको हो।

भिडन्तले शान्ति सुरक्षामाथि समेत प्रश्न उठेको भन्दै जवाफ दिन माग

काठमाडौं । भोजपुरमा भएको भिडन्त र मृत्युको विषयलाई लिएर सांसदहरुले गृहमन्त्रीको जवाफ मागेका छन् ।

संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा कांग्रेस सांसद डिला संग्रौलाले भोजपुर घटनाबारे गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालबाट विवरण माग गर्नुभएको हो । उहाँले प्रहरीको नै मृत्यु हुने गरी भएको भिडन्तले शान्ति सुरक्षामाथि समेत प्रश्न उठेको भन्दै जवाफ दिन माग गर्नुभयो ।

जवाफमा महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुर नगरपालिकाको हटिया बजारमा नेपाल प्रहरीमाथि एक्कासि गोली चलेको र जवाफी फायरिङमा प्रहरीका र चन्द पक्षका एक कार्यकर्ताको मृत्युको पुष्टि भएको जानकारी दिनुुभयो । उहाँले घटनास्थलबाट एउटा चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको पनि समितिलाई जानकारी गराउनुभएको थियो ।

आज बिहान भोजपुरको सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको थियो ।

मुठभेडका विषयमा काँग्रेसको धारणा स्पष्ट नभएको भन्दै गरे कडा प्रहार

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको र पछिल्लो समय प्रहरीसँग भइरहेका मुठभेडका विषयमा काँग्रेसको धारणा स्पष्ट नभएको भन्दै उनले कडा प्रहार गरेका हुन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रममा हिंसाबारे प्रमुख प्रतिपक्षको के हो भन्दै उनले भने, ‘दिनभरि वीपी, रात परेपछि विप्लव हो ?’

हिंसा गर्ने विप्लव समूह र हिंसा नगर भन्ने सरकारलाई काँग्रेसले एउटै नजरले हेर्ने हो भने काँग्रेस बेलैमा स्पष्ट हुनुपर्ने बताए । प्रवक्ताले बोलेपछि पार्टीकै कुरा हुने भन्दै उनी काँग्रेसप्रति आक्रामक भएका हुन् ।

भोजपुरमा प्रहरी मारिएको स्मरण गर्दै उनले हिंसा आतंकलाई प्रोत्साहित गर्दै जाँदा कहाँ पुगिन्छ भन्ने विगतलाई सम्झिन काँग्रेसलाई आग्रह गरे ।

सरकारले प्रतिबन्ध लगाएको विप्लव नेकपाको समर्थनमा काँग्रेसले सदन अवरोध गरेको आरोप लगाउँदै उनले काँग्रेसलाई बेलैमा प्रष्ट हुन आग्रह गरे । उनले भने, ‘घेराबन्दीमा सरकार होइन । हिँसालाई प्रोत्साहन गर्ने र रमाएर जानुको अर्थ छैन । शान्तिपूर्ण रुपमा गर्न पाईने काम संविधानले प्रष्ट पारेको छ ।’

हिंसाको साहारा लिएर सरकारलाई घेराबन्दी गर्न खोज्छु भन्ने सोचेको हो भने कोही पनि नउम्कने उनले बताए । सत्ता पक्षले मृत्युको व्यापार होइन जीवनको निरन्तरता खोजेको पनि मन्त्री बाँस्काेटाले स्पष्ट पारे ।

यस्तै, उनले वर्तमान सरकारलाई ढालेर वा नेकपालाई फुटाएर फाइदा लिउँला भन्ने कसैले सोचेको छ भने त्यो सपना मात्र हुने उनको टिप्पणी छ ।

‘नेकपा फुट्ला र भ्यागुताको धार्नी पुर्याउँला भनेर कसैलाई लाग्या छ भने पाँच वर्षसम्म नकस्सिए हुन्छ’, उनले भने ।

उपचारका लागि युवक दन्तसेवा विभागमा पुगे

झट्ट सुन्दा पत्यार नलाग्ने । एउटा मानिसका कतिवटा दाँत होलान ? हामी सामान्य मानिसको ३२ भन्दा धेरै दाँत हुनसक्ने अनुमानै गर्न सक्दैनौं । तर, भारतमा एक १७ वर्षीयअशिकको मुखबाट चिकित्सकले शल्यक्रिया गर्दा २ सय ३२ वटा दाँत निकालेका छन् ।

मुम्बइको जे जे अस्पतालमा गाला सुन्निएपछि उपचारका लागि ती युवक दन्तसेवा विभागमा पुगेका थिए । १८ महिनायता उनमा दाँत दुख्ने समस्या थियो । अस्पतालकी दन्त विभागकी प्रमुख डाक्टर सुनन्दा धिवारेले यसवकको शल्यक्रियापछि यस्तो घटना अत्यन्तै दर्लभ भएको बताएकी छिन् ।

शिकको शल्यक्रिया दुई सर्जन र दुई सहायकले गरेका थिए । अपरेसनपछि उनको मुखमा अव २८ वटा मात्र दाँत छन् ।