४६ राँगा-भैसी बागमती नदीले बगायो

लगातारको वर्षाका कारण रौतहट जिल्लमा १५ फिटसम्म पानी जमेको छ। जिल्ला सदरमुकाम गौरको बोडरमा १५ फिटसम्म पानी जमेको हो । लगातारको बर्षाले रौतहटको सदरमुकाम गौर लगायत सबै स्थानीय तहको जनजीवन भयाबह बनेको छ ।

रौतहटको पूर्वतर्फ भएर बग्ने बागमती नदि र पश्चिम भएर बग्ने लाल बकैया नदीको बाँध फुटदा सदरमुकाम गौर पुरै डुवानमा परेको छ ।

डुवानले गर्दा गौरको प्रहरी भंसार सुरक्षा गार्डको कार्यालयको छाना मात्र देखिएको छ भने भुई तल्लाको भाग डुविसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

त्यस्तै कारागारको पहिलो तला समेत डुवानमा परेको छ । सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण पनि डुवानमा परेको छ । सदरमुकाम गौर बाट अन्य स्थानीय तह जोडने सडक सबै अबरुद्ध भएपछि डुवानमा फसेकाहरुको उद्धारमा समस्या उत्पन्न भएको छ । गौरको ब्यबसायीहरुको सामान सबै पानीले भिजेको छ ।

भारतीय सिमा जोडिएका नाकामा पानीको सतह बढेको कारण त्यहाँ स्थापित प्रहरी चौकी ब्रम्हपुरी बसतपुर, प्रहरी चौकी औरैया, भंसार सुरक्षा गार्ड प्रहरी कार्यालय सुरक्षित स्थानमा स्थानन्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पानीको सतह बढदै जादा र डुवानले गर्दा रौतहटमा ४ सय ३२ घर भन्दा बढिका २ हजार ५ सय मानिस विस्थापित भएका छन ।

उनीहरुलाई बिद्यालय र आफन्तको घरमा शरण दिइएको छ । माधव नारायण नगरपालिका– ८ स्थित भोला महतोले संचालन गरेको बागमती कृषि तथा पशु फार्ममा पालिएको ४६ वटा राँगा भैसी बागमती नदीले बगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *