लेग स्पिनर राशिदलाई कप्तानीमा नियुक्त

एजेन्सी । राशिद खान अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त भएका छन् । अफगानिस्तान क्रिकेट बोर्डले शुक्रबार लेग स्पिनर राशिदलाई कप्तानीमा नियुक्त गरेको हो ।

इंग्ल्याण्डमा जारी विश्वकपमा खराब प्रदर्शन गरेपछि अफगानिस्तानले गुल्बादीन नइबलाई हटाएर राशिदलाई कप्तानको जिम्मेवारी दिएको हो । अब राशिदले टेष्ट, एकदिवसीय र टी–ट्वान्टी गरी सबै खाले फर्म्याटको कप्तानी गर्नेछन् ।

राशिदलाई कप्तान बनाएसँगै अफगानिस्तानले २ महिनामा २ नयाँ कप्तान नियुक्त गरेको छ । विश्वकप अघि अफगानिस्तानले गुलाबदीन नाइबलाई एकदिवसीय क्रिकेटको कप्तान बनाएको थियो । अफगानिस्तानले विश्वकपको मुखैमा सफल कप्तान अस्घर अफगानलाई हटाएको थियो ।

विश्वकपमा अफगानिस्तानले खराब प्रदर्शन गर्दै जितविहीन बनेर घर फर्किएको थियो । ९ खेलमा ९ हार व्यहोरेको अफगानिस्तान अंक तालिकाको पुछारमा रहँदै बाहिरिएको थियो ।

२० बर्षे राशिदले अब एकदिवसीय, टी–ट्वान्टी र टेष्ट क्रिकेटको कप्तानी गर्ने छन् । कप्तानको जिम्मेवारी पाएसँगै रसिद क्रिकेट इतिहासमा सवैभन्दा कान्छा कप्तान बनेका छन्।

यसअघि अफगानिस्तानले ३ फर्म्याटका लागि ३ फरक खेलाडीलाई कप्तानीको जिम्मा दिएको थियो । एकदिवसीयमा गुलाबदीन नाइब, टी–ट्वान्टीमा राशिद खान र टेष्टका लागि रहमत शाहलाई कप्तान घोषणा गरेको थियो । अफगानिस्तानको उप कप्तानमा भने पूर्व कप्तान अश्गर अफगान रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *