किन लाग्यो सोनाक्षीमाथि ठगी आरोप ?

मुम्बइ। ठगीको आरोपमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हालाई खोज्दै पुलिस उनको घरमै पुगेको छ । ठगीको आरोपसहित मुद्दा दर्ता भएपछि उत्तर प्रदेशको मुरादाबादको पुलिसको एक टिम सोनाक्षीलाई खोज्दै मुम्बइ पुगेको हो । यद्यपि पुलिस टिमले अहिले सोनाक्षीलाई घरमा भेट्न भने सकेन । सोनाक्षी शुटिङका लागि अहिले हैदराबादमा छिन् । अब यदि सोनाक्षी घर नआए मरादाबाद पुलिस उनलाई खोज्दै हैदराबाद नै जानेछ ।

सोनाक्षीमाथि ठगी गरेको आरोप लागेपछि त्यसको जाँचको लागि मुम्बइ पुगेको पुलिसले घरमा सोनाक्षीकी आमा पूनमलाई भेटेको छ । पूनमले पुलिसलाई सोनाक्षीका पिता शत्रुघ्न सिन्हासँग फोनमा कुरा गराएकी थिइन् । उनले पुलिसलाई सोनाक्षीले शुटिङबाट समय पाएपछि कुरा गराउने बताएका थिए । पुलिस उनको घरमा करिब २ घण्टा रहेको बताइइको छ ।

किन लाग्यो सोनाक्षीमाथि ठगी आरोप ?

उत्तर प्रदेशको कटघरको शिवपुरी निवासी प्रमोद शर्माले सोनाक्षीविरुद्ध मुद्दा दर्ता गरेका हुन् । प्रमोदले दिल्लीमा ३० डिसेम्बर २०१८ मा इण्डिया फेशन एण्ड ब्यूटी अवार्ड कार्यक्रमको आयोजना गरेका थिए । अवार्डको लागि सोनाक्षी सिन्हा आउनुपर्ने थियो । जून महिनामा यसको लागि सम्झौता भएको थियो । सोनाक्षीले एउटा भिडियो शेयर गरेर कार्यक्रममा आउने जानकारी दिएकी थिइन् ।

यसको लागि ३७ लाख रुपैयाँ मुरादाबादबाट अनलाइन ट्रान्सफर गरिएको थियो । यसमध्ये ४ लाख रुपैयाँ सोनाक्षीको खातामा पठाइएको थियो । बाँकी ३३ लाख रुपैयाँ अभिषेकको कम्पनी ट्यालेन्ट फूल अन, उनकी पत्नी स्वातीका अलावा आशिषको खातामा पठाइएको थियो । तर, ३० सेप्टेम्बरमा सोनाक्षी कार्यक्रममा आइनन् । त्यसपछि प्रमोदले आफूसँग ३७ लाख ठगी गरेको आरोप लगाउँदै पुलिसमा उजुरी दिए । यस मुद्दामा सोनाक्षी सिन्हा, अभिषेक सिन्हा, माल्विका पंजाबी, धुमिल ठक्कर, एडगर सकारियालाई विपक्षी बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *