वर्तमान सरकारको नेतृत्व असफल भयो भने देश नै खतरामा पर्ने बताएका छन् ।

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारको नेतृत्व असफल भयो भने देश नै खतरामा पर्ने बताएका छन् ।

राष्ट्रिय सभागृहमा शनिबार आयोजित विचार गोष्ठी तथा मदन भण्डारी पुरस्कार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले कम्युनिस्ट नेतृत्वको सरकार असफल भएमा देशमा ठूलो संकट आइपर्ने धारणा राखे । उनले भने, ‘देशको सिस्टम पनि जानेवाला छ । देश नै खतरामा पर्नेवाला छ ।’

पार्टी सुदृढ पार्ने, सरकारलाई सफल पार्ने, जनआकांक्षालाई सम्बोधन गर्ने कुरामा असफल भयौं भने आफूहरु (ओली र दाहाल) मात्रै वा नेपाल कम्युनिस्ट पार्टीको मात्रै असफलता नहुने उनले बताए। दाहालले कम्युनिस्ट नेतृत्व असफल भएमा कांग्रेसले समेत नेतृत्व गर्ने स्थिति नआउने जिकिर गरे। ‘कांग्रेसले कम्युनिस्ट पार्टी झगडा गरेर फुटिदिएदेखि हाम्रो पालो आउँछ भन्ने सोच्दै नसोचे हुन्छ’, कार्यक्रममा सहभागी कांग्रेस नेता कृष्ण सिटौलालाई इंगित गर्दै दाहालले भने, ‘कांग्रेसले लिड गर्ने स्थिति पनि अब नेपालमा छैन।’

पार्टी निर्माण, सरकार सफल पार्ने, जनताका आकांक्षाहरु सम्बोधन गर्ने प्रक्रियामा राष्ट्रिय-अन्तर्राष्ट्रिय शक्तिहरुलाई सन्तुलनमा राख्ने प्रक्रियामा पार्टीको सबै पंतिको समान बुझाइ, चिन्ता र सामूहिक मेहनत भएन भने दुई नेता असफल हुने खतरातिर जाँदैन भन्न नसकिने दाहालको भनाइ थियो। पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले कम्युनिस्ट पार्टी सकिएमा अब कम्युनिस्ट आन्दोलन यो स्तरमा नउठ्ने बताए। ‘हामीले पार्टी एकता गर्‍यौं, एकता गरेर असफल भइसकेपछि कम्युनिस्ट आन्दोलन यही रुपमा उठ्न सायदै सम्भव हुन्छ’, उनले भने, ‘बरु दुइटै पार्टी भइदिएको भए एकले अर्कोलाई दोष दिँदै कहिले को ठूलो, कहिले को ठूलो हुने सम्भावना थियो। अब सम्भावना छैन। सिद्धियो भने दुइटै एकैचोटी सिद्धिन्छ।’

दाहालले नेता, कार्यकर्तालाई सकारात्मक उत्प्रेरणा दिन आग्रह गरे। आलोचना र नकारात्मक मात्रै कुरा उप्काएमा दिमाख खराब हुने बताउँदै दाहालले सकारात्मक उत्प्रेरणा दिएमा आफूहरु पहाडै बोकेर हिँड्न तयार रहेको दाबी गरे।

नेपालमा ठूल्ठूला राजनीतिक घटना भइरहे पनि त्यसको रहस्य पत्ता लगाउने र रोक्न नेतृत्व असफल रहेको दाहालले स्वीकार गरे। उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा नारायणहिटी दरबार अगाडि उभिएर दरबार हत्याकाण्डको दोषी पत्ता लगाइछाड्छौं भनेपनि अहिलेसम्म नसकेको बताए। त्यस्तै तत्कालीन नेकपा एमालेका नेता मदन भण्डारीको हत्या नै भएको सबैले भनिरहे पनि छानबिनले पूर्णता नपाएर किटान गर्न नसकिरहेको दाहालले बताए।

परीक्षा दिँदा नौ नम्बरमात्रै पाएपछि

काठमाडौं । परीक्षा दिँदा नौ नम्बरमात्रै पाएपछि परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाई प्रभावमा पारेर ६९ नम्बर ल्याएको बनाउन लगाउने सुरेन्द्र कोइराला को होलान् भन्ने जिज्ञासा हुन सक्छ । यस्तो छट्टु काममा निपूर्ण सुरेन्द्र कोइराला फोटोमा भएका व्यक्ति नै हुन् ।
त्रिभुवन विश्वविद्यालयको परीषा नियन्त्रण कार्यालयले स्नातकोत्तर तहको एक विषयमा कोइरालालाई ९ मा ६० अंक थपिदिएको थियो । जसबाट उनी सर्वोत्कृष्ट विद्यार्थी हुन सके ।
चारवटा विषयमा स्नाकोत्तर गरेको दावी गर्थे कोइराला । उनलाई धेरैले अधिवक्ता भनेर पनि चिन्छन् ।
पाटन क्याम्पसमा मानविकी संकायअन्तर्गत अर्थशास्त्रका विद्यार्थी कोइरालालाई ‘गोल्ड मेडल’ दिलाउन कम्तीमा ३ वटा विषयमा नम्बर थप गरिएको थियो ।

परीक्षा नियन्त्रण कार्यालयको गोप्य शाखाका कर्मचारीले कोइरालाको ट्रान्सक्रिप्टमा अंक थपिदिएका थिए । उनलाई ७२/७३ सालको परीक्षामा अंक थपेर सर्वोत्कृष्ट बनाइएको थियो ।
कोइरालाबाट रकम लिएर पनिकाका कर्मचारीले अंक थपेको अख्तियारले शंका गरेको छ ।
आफूलाई ‘ज्योतिषी, धाँमीसमेत हुँ’ भन्ने कोइराला न्यायाधीश हुनका लागि २ करोड भए पुग्छ भन्दै हिँड्ने गर्थे । उनी सर्वोच्चकै न्यायाधीश हुने योजनामा पनि थिए ।
जानकारहरुका अनुसार यिनी पञ्चायतकालमा मण्डले विद्यार्थीका रुपमा सक्रिए थिए । जस्तो सुकै छट्टु काम पनि यिनले फत्ते गराएरै छाड्थे ।

अस्पताल आएका बच्चामा एउटै लक्षण थियो । ‘मोथ (सेतो पुतली) खेलाएको

काठमाडौ । कसैको एउटामात्र आँखा एक्कासि रातो भएको छ वा छोटो समयमा नै देख्ने शक्ति कमजोर हुँदैछ भने छिट्टै अस्पताल पुग्नु जरुरी छ। त्यो आँखामा लाग्ने सापु रोग (सिजनल हाइपर एक्यिुट प्यान युभेइटिस) हुनसक्छ। यो रोग विशेषगरी बालबालिकामा बढी देखिन्छ। रातो हुने गरी सङ्क्रमण भएपछि केही घन्टादेखि केही दिनमा आँखै नदेख्ने हुन्छ ।

गोरखापत्र दैनिकमा समाचार छ, नेपालमा यो रोग आएको ४० वर्षभन्दा बढी भयो । २०३२ सालमा पहिलोपल्ट नेपालमा देखिएको थियो। त्यतिखेर पनि बच्चामा पहिले देखा पर्‍यो । अस्पताल आएका बच्चामा एउटै लक्षण थियो । ‘मोथ (सेतो पुतली) खेलाएको र कसैको आँखामा मोथ परेको देखिएको पाइयो’, आँखारोग विशेषज्ञ डा. अनु मानन्धरले भनिन्, ‘मोथले नै हो कि भनेर त्यो बेलादेखि नै अनुमान गरियो।’ तर, सीधै मोथले गर्दा भएको भन्ने औपचारिक रूपमा प्रमाणित भएको छैन, मोथ यस रोगको जोखिम कारक नै हो भन्ने प्रमाणित भने भएको छ।

उहाँका अनुसार यो रोग लागेमा आँखाभित्र ब्याक्टेरिया देखिएको छ। १०–१५ वर्षयता रोगको निदानमा सफलता मिलेको छ। ‘आँखामा ‘एन्टिबायोटिक इन्जेक्सन’ लगाउँदा आँखामा जमेको पिप हटाउन र ज्योति फिर्ता ल्याउन सकिन्छ भन्ने जानकारी भयो’, उनले भनिन्। जीवाणु देखिएको, नदेखिएको दुवै आँखामा एन्टिबायोटिक राख्दा राम्रो परिणाम देखिएको छ।

रोग लागेका बेला १४ देखि ३९ प्रतिशतका आँखामा ब्याक्टेरिया देखिएको उनको भनाइ छ। डा. मानन्धरका अनुसार हरेक एक वर्ष बिराएर यो रोग ठूलै महामारीका रूपमा पनि देखा पर्छ। हरेक वर्ष फाट्टफुट्ट वर्षा मौसममा आउँछ। नेपालमा भने दशैँ–तिहारताका ठूलै प्रकोप हुने सम्भावना रहन्छ। ‘कहिले कुन क्षेत्रमा धेरै हुन्छ कहिले कुनैमा’, उनले भनिन्, ‘प्रदेश ३ र ४ मा वर्ष बिराएर देखिइरहेको छ। प्रदेश १ र २ तिरबाट भने कम आउने गरेको छ।’

मालपोत कार्यालयमा रोक्का गरी सूचना जारी भएपछि

हेटौँडा, असार । लामो समयदेखि विद्युत् महसुल बक्यौता राखेको र कालोसूचीमा परेको एक उद्योगले आफ्नो जग्गा मालपोत कार्यलयमा रोक्का भएपछि रु २२ लाख ७५ हजार जरिवानासहित विद्युत् महसुल तिरेको विद्युत् वितरण केन्द्र हेटौँडाले जनाएको छ ।

विगत १० वर्षदेखि महसुल नतिर्ने मकवानपुर क्रसर उद्योगको भीमफेदी–१ मा पर्ने जग्गा मालपोत कार्यालयमा रोक्का गरी सूचना जारी भएपछि सम्बन्धित उद्योगले बक्यौता रकम बुझाएको केन्द्रका प्रमुख शम्भु कुसियत यादवले बताउनुभयो । यसरी मालपोतमा पहिलोपल्ट सो केन्द्रले जग्गा रोक्का गरेको सूचना गरेपछि उक्त रकम बुझाएको बताइएको छ ।

यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय हेटौँडाले पनि लामोे समयसम्म बक्यौता रहेको रु १४ लाख ५० हजार विद्युत् महसुल बुझाएको बुझिएको छ । वितरण केन्द्रका अनुसार लामो समयदेखि विद्युत् महसुल नतिर्ने, अटेर गर्ने तथा विद्युत् चोरी गर्ने ७१८ जनाको विद्युत् लाइन कट्टा गरी जरिवानासमेत गरिएको छ । विद्युत् कट्टा गरिएकोमध्ये ७०० ले जरिवानासहित महसुल बुझाएका छन् । उक्त रकम रु तीन करोडभन्दा बढी रहेको छ ।

साथै कार्यालयले विद्युत् चुहावट रोक्न अनुगमनकार्य तीव्र पारेको छ । कार्यालयले विद्युत् महसुल इ–बिलिङमार्फत शुरु गरेको प्रमुख यादवले बताउनुभयो ।

मासिक रु १७ करोडभन्दा बढी विद्युत् महसुल उठाउँदै आएको केन्द्रको ग्राहक सङ्ख्या ५० हजार हारहारीमा रहेको छ । हाल केन्द्रमा निवेदन दिएलगत्तै विद्युत मिटर जडान हुने गरेको छ ।

त्यस्तै, कार्यालयले नेपाल सरकारको उज्यालो कार्यक्रमअन्तर्गत विपन्न, गरीब तथा सुकुम्वासीलाई निःशुल्क विद्युत् मिटर वितरणसमेत गरेको छ । –रासस

पारस–हिमानी सम्बन्ध अझ भद्रगोल अवस्थामा

काठमाडौं, १३ असार । नेपालमा राजतन्त्रको अन्त्य घोषणा हुनासाथ पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहको सम्बन्ध पनि करिब– करिब अन्त्य नै भएको अनुमान लगाइएको थियो । कारण, पारसको अतिरिक्त अफेयर र विदेश पलायन ।

पारसको लागु औषध लिने चरित्र, थाइल्यान्डकी प्रेमिका कन्निका चाइयर्सनसँगको सम्बन्धका कारण हिमानी टाढा भइन् । पारिवारिक रूपमा उक्त विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहले जानकारी पाएपछि पारसका लागि निर्मलनिवासको ढोका बन्द भयो, जुन अहिलेसम्म खुलेको छैन ।

पारस लामो समय थाइल्यान्ड बसे, कन्निकासँगका अनेक अफेयरका विवरणहरू बाहिर आउन थाले । उनले लागुऔषधको प्रयोग पनि गरेका कतिपय विवरण बाहिर आएका थिए । सोही क्रममा प्रेमिकासँग उनको सम्बन्धमा केही खटपट आएका समाचार आइरहेका थिए, यता हिमानी भने सामाजिक कामका लागि हिमानी ट्रष्ट खोलेर बसेकी थिइन् । पारस–हिमानीको सम्बन्ध राम्रो थिएन, त्यसको कारण थिइन् कन्निका ।

‘कन्निकासँगको प्रेममा पारस उतै भुलिएपछि पारिवारिक रूपमा उनको सम्बन्ध हिमानीसँग राम्रो भएन, नेपालमै रहँदा पनि कतिपयसँगको विवादमा मुछिएपछि थाइल्यान्ड पलायन भएका थिए’, निर्मलनिवास स्रोतले भन्यो,‘यसपछि पूर्वराजपरिवारले उनलाई त्यति ध्यान पनि राखेको थिएन ।’

उनीहरूको सम्बन्धमा कन्निकाको प्रत्यक्ष हस्तक्षेप थियो भन्ने उदाहरण पनि सतहमा आयो । पारस नेपाल आएर थाइल्याण्ड नफर्किएपछि कन्निकाले सामाजिक सञ्जालमा एक बालकलाई प्रस्तुत गर्दै उनी पारसका छोरा भएका दाबी गरिन् । यसले परिवारमा झन् खटपट बढायो ।

यतिमात्र होइन, पारस–हिमानीको सम्बन्धमा प्रत्यक्ष असर पार्नेगरी कन्निकाले हिमानीको तस्विर पोष्ट गर्दै सार्वजनिक रुपमै गालीगलौज गरेकी थिइन् । सामाजिक सञ्जालमा हिमानी, पारसप्रति आक्रोश पोख्ने गरेकी कन्निका पछि पारसलाई भेट्न नेपाल पनि आइन् ।

सतिशविक्रम शाहकी छोरी स्तूती शाहको विवाह पार्टीमा बबरमहलस्थित कार्की ब्यांक्वेटमा कन्निका सुरक्षागार्ड र छोरासहित पुगेकी थिइन् ।

स्रोतका अनुसार सो दिन कन्निका र पारसले पार्टीमा सहभागिता जनाइसकेपछि पूर्वराजा ज्ञानेन्द्र राति साढे ९ बजे मात्र पुगेका थिए, ज्ञानेन्द्र आउँदा कन्निका र पारस त्यहाँबाट हिडिसकेका थिए । पार्टी भने साँझ ६ बजेबाट सुरु भएको थियो । कन्निका र पारसलाई सँगै विवाह पार्टीमा देखेका केही शाही परिवारका सदस्यले फोटो खिच्न खोजे पनि कन्निकासँगै रहेका बाउन्सरहरुले रोक लगाएका थिए ।

यसले पारस–हिमानी सम्बन्ध अझ भद्रगोल अवस्थामा पुगिसकेको थियो ।

सम्बन्ध सुधारको परिघटना

पारस लागुऔषध प्रयोग गरेको अभियोगमा थाइल्यान्ड जेलमा परेका थिए । उनलाई छुटाउनका लागि हिमानी आफैं त्यहाँ पुगेकी थिइन् । यसपछि उनीहरूबीचको सम्बन्धमा केही सुधार आएको अनुमान गरिएको थियो ।

यो सम्बन्ध अझ नजिक भएको ठहरचाहिँ कन्निकासँग पारसको अफेयर टुटेपछि गरियो । अहिले पारस–कन्निकाको कुनै सम्बन्ध छैन, बरु हिमानीसँग नजिक भएको छ ।

पारसबाहेक पूर्वराजपरिवारको राजधानी बाहिरको भ्रमणका क्रममा छोराछोरी भेट्नका लागि पारस निर्मलनिवास छिर्न थालेपछि अझ सम्बन्ध बलियो हुन थालेको बताइयो ।

यसपछि पारिवारिक भोज, रात्री भोजमा पारस परिवारसँगै देखिन थाले । अझ, पारस–हिमानीको सम्बन्धको निकटता छोरा हृदयेन्द्रको ब्रतबन्धदेखि भएको निर्मलनिवास उच्च स्रोतले जनायो ।

यसपछि यो दम्पत्तीमा सम्बन्ध सुधारका अनेक उदाहरण देखा परे पनि हिमानीलाई माताले तत्काल पारसनजिक नहुनु भन्ने सुझाव दिएको खबर बाहिर आए ।

गोरखामा हिमानी ट्रष्टले गरेको कार्यक्रममा पूर्ववडामहारानी कोमल राज्यलक्ष्मी शाह प्रमूख अतिथि थिइन् भने पारस विशेष अतिथि थिए । सो क्रममा पारस–हिमानीको सम्बन्धमा सुधार आएको अनुमान सार्वजनिक भएका तस्बिरहरूबाट धेरैले लगाएका थिए ।

तर लगत्तै, माता सविता सरु आचार्य भनेर परिचय खुलेकी एक युवतीले हिमानीलाई पारससँगको सम्बन्धमा टाढा रहनका लागि सुझाव दिएकी थिइन् ।

निर्मलनिवास स्रोतले भन्यो,‘धार्मिक विषयमा अधिक विश्वास गर्ने भएका कारण पारस–हिमानीको भौतिक दाम्पत्य जीवनचाहिँ नजिक हुन सकेको छैन, सम्बन्धचाहिँ अलिक नजिक भएको हो । सन्तानका कारण पनि सम्बन्धमा सुधार हुन थालेको हो ।’

चार वर्ष अघि विहे गरेका राईले बेला बेलामा असामान्य व्यवहार देखाउने गरेका थिए

विराटनगर, १४ असार । मोरङको लेटाङ नगरपालिका–३ मिलन चोकका २२ वर्षीय सुनिल राईले आफ्नै लि ङ्ग काटेर दुई टुक्रा बनाएका छन् ।

परिवारका अनुसार कहिले काहीँ असामान्य व्यवहार देखाउँदै आएका राईले बिहीबार तरकारी काट्ने चक्कुले आफ्नै लि ङ्ग काटेका हुन् ।

लि ङ्ग काटेपछि अस्पताल पुर्याइएका राईलाई हाल वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमको नर्मल वार्डमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले बताए ।

उनका अनुसार घटनापछि राईलाई स्थानीयले उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगेका थिए । नोबेलमा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

परिवारका अनुसार चार वर्ष अघि विहे गरेका राईले बेला बेलामा असामान्य व्यवहार देखाउने गरेका थिए । राईले नियमित मदिरा सेवन गर्ने गरेका थिए ।

नियमित मदिरा सेवनकै कारण राई केही समयदेखि एकोहोरो टोलाउने र घर छाडेर हिड्ने गरेको उनका बुवा बुमा राईले बताएको प्रहरीले जनाएको छ । राईको ३ वर्षका छोरा छन् । प्रहरीका अनुसार उनको पारिवारिक सम्बन्ध भने राम्रो रहेको छ ।

चिकित्सक लाइसेन्स (नाम दर्ता) परीक्षामा फेल हुँदा उनीहरू अयोग्य ठहरिए

काठमाडौं : एमबिबिएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स (नाम दर्ता) परीक्षामा फेल हुँदा उनीहरू अयोग्य ठहरिएका हुन् ।

लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् । विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ । काउन्सिल स्रोतका अनुसार फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएकाहरू छन् ।

काउन्सिलले भने १० पटकसम्म निरन्तर फेल भएपछि लाइसेन्स परीक्षामा सामेल नै हुन नपाउने नियम बनाएर स्वास्थ्य मन्त्रालयमा पठाएको छ । तर, मन्त्रालयमा फाइल अड्किएको छ ।

यो नियम पास भयो भने १३ सयमध्ये सबैजसो डाक्टर लाइसेन्स परीक्षामा सहभागी हुन पाउँदैनन् । ‘यो नियम पास भए अहिले आन्दोलनमा आउने सबै डाक्टर परीक्षा दिन अयोग्य ठहरिनेछन्,’ काउन्सिल स्रोतले भन्यो ।

नौपटक फेल भएका डाक्टर आन्दोलनको नेतृत्व गर्दै

पटक–पटक फेल भएका डाक्टरहरू लाइसेन्सको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बिहीबार स्वास्थ्य मन्त्रालय र शुक्रबार मेडिकल काउन्सिलमा ज्ञापनपत्रसमेत बुझाएका छन् । यो आन्दोलनको अगुवाइ डा. राम थापा क्षेत्रीले गरेका छन् ।

काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले बंगलादेश पढेर आएका क्षेत्री लाइसेन्स परीक्षामा नौपटकसम्म फेल भएको बताए । क्षेत्री नेतृत्वको आन्दोलनमा ३६ पटकसम्म फेल भएकासमेत रहेको उनले बताए । सबै १३ सय डाक्टरलाई लाइसेन्स दिलाउन उनीहरूको माग छ ।

बंगलादेशमा पढेर आएका, तर लाइसेन्स परीक्षामा असफल भएकाहरूले आन्दोलनका लागि चिकित्सक संघ गठन गर्ने अभियानसमेत अघि बढाएका थिए । तर, स्वास्थ्य मन्त्रालयले रोकेको थियो । काउन्सिलका कार्यबाहक अध्यक्ष डा। नारायणबहादुर थापाले विज्ञहरूसँग छलफल गरेर सहजीकरण गर्न सकिने बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो।

र्ब रुपैयाँ खर्चेर भारतीय फिल्मी अवार्ड समारोहको आयोजक बन्न तत्पर नेपाल सरकार

काठमाडौँ — राष्ट्रपतिबाट प्रदान गरिने चलचित्र जगत्को राष्ट्रिय अवार्ड नेपालमा आयोजना नभएको ३ वर्ष भइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको बेफुर्सदीको कारण भन्दै ३ वर्षदेखिका पुरस्कार र सम्मानजति चलचित्र विकास बोर्डमा थन्क्याइएको छ ।

यही बेला नेपाल सरकार आफैं आयोजक बनेर भारतीय निजी तहको फिल्म अवार्ड समारोह काठमाडौंमा आयोजना गर्न र यसको सम्पूर्ण खर्च बेहोर्न तत्पर रहेको खबर भने आफैंमा अनौठो देखिएको छ । भारतको निजी क्षेत्रबाट सञ्चालन हुने थुप्रैमध्येको एउटा कार्यक्रम इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) को २० औं संस्करण काठमाडौंमा आयोजना गर्न सरकारले आर्थिक र अन्य सौजन्य सहयोग गरेर झन्डै १ अर्ब रुपैयाँ खर्चने भएपछि यसको औचित्यमाथि प्रश्न उब्जिएको छ ।

सरकारको सहमतिमा नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले आइफा सम्मेलनलाई सिधै ४४ करोड दिने भएका छन् भने बाँकी अहिले दाबी गरिएअनुसार ५ सयभन्दा बढी भारतीय ‘आईकन’ तथा कलाकारको आवतजावत टिकट, होटल बसाइमा समेत सौजन्य सहयोग बटुलिनेछ ।

‘आइफा अवार्डलाई स्थान र सुरक्षा दिनु उचित हो । तर नेपाल सरकार आयोजक बन्न १ अर्ब लगानी गर्नु दलालीको पराकाष्ठा हो र ५० डिग्रीको तातोमा काम गर्ने युवाहरूको रेमिट्यान्स र गरिब जनताको करको दुरुपयोग हो,’ अभिनेता नवल खड्काले सरकारको निर्णयपछि ‘ट्रोल’ हुने गरी सामाजिक सञ्जालमा लेखेका छन् । चलचित्र निर्देशक केपी पाठक पनि यसरी एउटा मुलुकको फिल्म अवार्ड सेरेमनी आयोजना गर्न सम्पूर्ण पैसाखर्चेर ‘होस्ट’ गर्दैमा पर्यटन प्रवर्द्धन हुने तर्कलाई ‘हावादारी’ बताउँछन् । बरु सरकारले बाहिरी मुलुकबाट नेपालमा फिल्म सुटिङ गर्न निम्तो दिएमा र त्यसका लागि विशेष सेवा–सहुलियत उपलब्ध गराउने उपाय अवलम्बन गरे यसको विशेष अर्थ रहने उनको धारणा छ ।

नेपालमा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वृत्तचित्र र जनजाति विषयक अन्तर्राष्ट्रिय महोत्सव भइरहे पनि त्यसमा सरकारी सहयोग र साथ भने शून्यबराबर छ । ‘हाम्रा महोत्सवका लागि बिन्ती गरेर मागजुग गर्दा १ करोड त के, १० लाख रुपैयाँ दिन पनि सरकारलाई मुस्किल पर्ने गरेको छ,’ पाठकले भने, ‘यहाँ भारतीय रजतपटका लागि भने १ अर्ब रुपैयाँ दिने कुरा छ । हामीसँग इन्डोर–स्टुडियो छैन, फिल्मी क्षेत्रका लागि अरू सेवा–सहुलियत केही छैन । यसरी कुनै तर्क र आधारबिना कसरी भारतीय फिल्म फेस्टिभल गर्न बिनासर्त पैसा दिइएको हो, बुझ्न सकेको छैन ।’ पाठकले यस्ता नचाहिँदा कुरामा सरकारलाई खबरदारी जरुरी रहेको बताए ।

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागिता राखिरहने र आफ्ना डकुमेन्ट्री/फिल्म बाहिरी फेस्टिभलमा पुर्‍याउने निर्देशक केसाङ छेतेन पनि ‘भारतीय फिल्म अवार्डको सम्मेलन काठमाडौंमा गर्दैमा नेपालको पर्यटन प्रवर्द्धन हुने कुरामा’ त्यति आश्वस्त छैनन् ।

‘आइफाजस्ता अरू भारतीय फिल्मी अवार्ड सेरेमनीहरू कहिले दुबई, कहिले सिंगापुरतिर हुने गरेको मैले थाहा पाएको छु,’ उनले भने, ‘त्यो त संसारभर रहेका भारतीय दर्शकले हेर्ने एउटा सेरेमनी मात्रै हो । यो अवार्ड सेरेमनी हेरेर अरू देशका पर्यटक यहाँ आउलान् भन्ने त होइन ।’ काठमाडौंमा भएको आइफाको सेरेमनी हेरेर नेपालमा भारतीय पर्यटक थपिनुको त्यति धेरै अर्थ नरहेको भन्दै छेतेनले ‘बरु नेपालका विभिन्न सुन्दर ठाउँमा बाहिरी मुलुकबाट कोही फिल्म सुटिङ गर्न आए सहुिलयत दिएर’ आफ्नो ठाउँको प्रचारप्रसार गर्न सकिने बताए ।

गत अप्रिल पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भारत भ्रमणताका काठमाडौंमा आइफाको २०औं संस्करण गर्ने प्रारम्भिक सहमति जुटेको थियो । भ्रमण दलमा अभिनेता राजेश हमालसहितका केही कलाकार पनि समेटिएका थिए । उक्त भ्रमणमा सहभागी कलाकार दिनेश डीसीका अनुसार प्रधानमन्त्री ओलीले भारतीय कलाकार जया प्रदा, गोविन्दाकी श्रीमती सुनिता, राजपाल यादव, अमिसा पटेल आदिलाई भेट गरेका थिए ।

त्यसलगत्तै सेप्टेम्बरमा नेपाल पर्यटन बोर्डले भारतीय रजतपटमा सन् ८० दशककी नायिका जया प्रदालाई नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने गरी सद्भावना दूत घोषणा गरेको थियो । ‘त्यो लिंकसहित नेपाल–भारत जनस्तरको सम्बन्धमा आयाम थप्न प्रधानमन्त्री ओलीकै अग्रसरतामा आइफा अवार्डको आयोजक नेपाल बन्ने र सम्पूर्ण खर्च नेपालले बेहोर्ने ‘प्रतिबद्धता’ दिल्लीमा आयोजित समारोहमा जनाएका थिए,’ प्रधानमन्त्रीको भ्रमण दलमा रहेका परराष्ट्रका एक अधिकारीले भने ।

दिल्लीस्थित दूतावासका एक अधिकारीका अनुसार गत वैशाखमा भारतीय कलाकार गुल्सन ग्रोबर नेपाली रजतपटमा छाउने ध्याउन्नमा निकै रौसिँदै दिल्लीका समारोहहरूमा ‘द म्यान फ्रम काठमाडौं’ भनेर आफूलाई चिनाउन थालेका थिए । ग्रोबरले एक भ्रष्ट नेताको चरित्रमा उत्रिएर ‘नेपालीपना’ भरिएको अभिनय देखाउन खोजे पनि यो फिल्म एक दिनमै हलबाट उत्रिएको थियो ।

अर्का बलिउड अभिनेता गोविन्दा पनि नेपालसँगको ‘ज्वाइँ साइनो’ लाई लिएर नेपालसँगको निकटता जनाइरहेका हुन्थे । ‘तर, यस्तो साइनो वा अन्तरसम्बन्धभन्दा पनि हाम्रो राज्यको नीति के हो ? यो आफैंमा महत्त्वपूर्ण प्रश्न हो,’ अभिनेता खडका भन्छन्, ‘हाम्रो आफ्नै राष्ट्रिय चलचित्र–नीति कहाँ छ ? भारतीय फिल्म अवार्ड सेरेमनीको संरक्षण गरेर कसरी नेपालको पर्यटन प्रवर्द्धन हुन्छ ?’

भारतीय फिल्मी बजारको प्रवर्द्धनमा आयोजक बनेको सरकारले भोलि भारतीय फिल्म निर्माणमा लगानी नगर्ला भन्न नसकिने भनी व्यंग्य गर्दै खडकाले कान्तिपुरसँग भने, ‘यसरी सिंगै राज्य आयोजक भएर विदेशी चलचित्रको स्वागत गर्नु आफैंमा लज्जास्पद कुरा हो । यसरी यो तहमा नेपाली चलचित्र उद्योगप्रति सरकार अनुत्तरदायी बन्नेछ र खिल्ली उडाउनेछ भन्ने मैले ठानेको थिइनँ ।’

च्यानलसँग करिब ४०३ करोडको डिल

बलिउड नायक सलान खान फिल्ममा अभिनय, विभिन्न उत्पादनको विज्ञापनका साथै पछिल्लो ९ वर्षदेखि रियालिटी शो बिग बसलाइ पनि होस्ट गरिरहेका छन् । कार्यक्रमको १३ औं सिजनमा पनि उनी देखिनेछन् ।

स्रोतको अनुसार यसपटक कार्यक्रमबाट सलमान खानको कमाईमा करिब सय करोड भारुको वृद्धि उनले च्यानलसँग करिब ४०३ करोडको डिल गरेका छन् । हरेक विकेन्ड टिभीमा देखिनका लागि सलमानले करिब ३१ करोड (दुई एपिसोडका लागि) पाउनेछन् ।

शो १३ हप्तासम्म चल्नेछ र सलमान खान शनिबार र आइतबार मात्र देखिनेछन् । यो हिसाबले उनी कुल २६ एपिसोडमा देखिनेछन् ।

गत वर्षको तुलनामा सलमानले आफ्नो पारिश्रमिक खासै बढाएका छैनन् । टिभी प्रोडक्सनमा सलमान खान तीब्र रुपमा आफूलाई विकास गर्न चाहन्छन् ।

स्रोतका अनुसार सलमान द कपिल शर्मा शो र नच बलिए-९ जस्ता कार्यक्रम निर्माण गरेपछि कलर्स च्यानल र एन्डेमोल प्रोडक्सन (बिग बस, खतरोंका खिलाडी, इन्डियाज नेक्स्ट सुपरस्टारका निर्माता) सँग मिलेर आफ्नो नयाँ शो ल्याउन चाहन्छन् । त्यसैले उनले यसपटक आफ्नो पारिश्रमिक धेरै बढाएका छैनन् ।

आदित्यलाई चेतावनी मात्र दिएर छोडिएको थियो

एजेन्सी । बलिउड अभिनेता आदित्य पंचोलीमाथि बलात्कारको आरोप लागेको छ । आदित्य माथि बलिउडकी चर्चित अभिनेत्रीले बलत्कारको आरोप लगाएकी हुन् । अभिनेत्रीको नाम भने अहिले बाहिर आएको आएको छैन । आदित्यमाथि मुम्बईको वर्सोवा पुलिस स्टेशनमा उजुरी दर्ता गरेकी छिन् ।

आदित्यमाथि आईपीसीको धारा ३७६, ३२८, ३८४, ३४१, ३४२, ३२३ र ५०६ अन्तर्गत उजुरी दर्ता गरिएको छ । प्रहरीका अनुसार यो केस १० बर्ष पुरानो हो जसको कारण यसको सबुत जुटाउन कठिन हुनेछ । तर मुद्दा भने अहिले दर्ता गरिएको छ ।

अभिनेत्रीले उजुरीमा आदित्यले आफुमाथि निकै पटक बलात्कार गरेको आरोप लगाएकी छिन् । अभिनेत्री तस समय मात्र १७ बर्षकी हुदा आदित्यले आफुमाथि शोषण गरेको बताएकी छिन् । त्यस समय पनि अभिनेत्रीले उजुरी दर्ता गराएकी थिईन् तर आदित्यलाई चेतावनी मात्र दिएर छोडिएको थियो ।