औषधीय महत्व भएका सागसब्जीका बारेमा सबैलाई ज्ञान हुनु आवश्यक

एजेन्सी । हामीले दैनिक सेवन गर्ने तरकारी मात्रा मिलाएर पकाउँदा स्वादिलो मात्र हुँदैन , शरीरलाई स्वस्थ राख्नुका साथै मस्तिष्क पनि बढाउँछ । यसले खाद्य–उपचार (फुड थेरापी) को पनि काम गरिरहेको हुन्छ ।

पोषिलो परिकारले शरीरको रोगप्रतिरोधी क्षमता बढाएर क्यान्सर, मुटुरोग र मधुमेहजस्ता असाधारण रोगको सम्भावनासमेत हटाउँछ । त्यसैले औषधीय महत्व भएका सागसब्जीका बारेमा सबैलाई ज्ञान हुनु आवश्यक छ ।

साग र च्याउका फाइदा यस्ता छन्-

नेपालमा रायो, तोरी, फापर, बेथु, मेथी, सौँप, पालुंगो, चौँसुर, छ्यापी, लसुनका सागका साथै फर्सीका मुन्टा, हरियो प्याज, निगुरो आदि हरियो सागको रूपमा खाइन्छ । यी सबै सागमा पाइने पोषक तत्व फरक–फरक छन् । तर, समान रूपमा क्लोरोफिल, भिटामिन, खनिज तत्व पाइन्छन् ।

हरियो सागमा मुटुको रोगदेखि कब्जियतसम्म, पेटको क्यान्सरदेखि गठिया र जोर्नी तथा हड्डीका समस्यासम्म हटाउने क्षमता हुन्छ । मस्तिष्कको क्षमता बढाउन तथा बूढोपनका लक्षण हटाउन सागयुक्त भोजन निकै नै लाभदायक हुन्छ ।

च्याउ- भिटामिन ‘बी’ का विभिन्न प्रकार र खनिज तत्व च्याउमा पाइन्छन् । सेलेनियम, तामा, फस्फोरस, पोटासियम, चिल्लो पदार्थ, कार्बोहाड्रेड भएको च्याउ उच्च कोटिको सब्जी हो । तर, यसमा ऊर्जा स्रोत (क्यालोरी)अत्यन्त कम हुन्छ । टिपेर जम्मा गरेको च्याउमा अल्ट्राभायोलेट ९युभी० किरण दिएपछि भिटामिन डी पर्याप्त बनाउन सकिन्छ ।

संसारमा एक लाख ४० हजार प्रकारका च्याउ पाइन्छन् । तीमध्ये १० प्रतिशत च्याउसँग मात्र मानिसको ज्ञान र पहुँच पुगेको छ । नेपालको कर्णाली क्षेत्रका जंगलमा पाइने मोरेल, गुच्ची नामका च्याउहरू अति महँगा छन् ।

पाउल स्टामेटस् नामक विश्वविख्यात च्याउविज्ञले एक सय प्रजातिका च्याउबारे ६ वटा पुस्तक लेखेका छन् । जसमा उनले च्याउबाट मानव स्वास्थ्यलाई हुने फाइदाका बारेमा अनुसन्धानमूलक विश्लेषण गरेका छन् । सयमध्ये ६ किसिमका च्याउले हाम्रो शरीरको रोगप्रतिरोधी क्षमता अद्भूत तरिकाले बढाउँछ ।

तर, अग्र्यानिक तरिकाले साह्रै सावधानीका साथ फलाइएको च्याउ मात्र खान उनी सल्लाह दिन्छन् । पेन्सिलिन, स्ट्रेप्टोमाइसिन, टेट्रासाइक्लिनजस्ता एन्टिबायोटिक औषधिहरू च्याउ समूहमा पर्ने विभिन्न फंगीहरूबाट सार निकालिएको कच्चा पदार्थबाट बनाइन्छ ।

उच्च रक्तचाप र शरीरको मोटोपन नियन्त्रण गर्न, हड्डी बलियो बनाउने भिटामिन डी पर्याप्त पाउन, शरीरको रोगप्रतिरोधी क्षमता बढाउन च्याउ अत्यन्त राम्रो खाद्यवस्तु हो ।

पायल्स हुनुको कारण

एजेन्सी । दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या सुन्निएको छ, मलद्वार चिलाउँछ, लगायतका समस्या आम मानिसमा सुनिन्छ । कसैको त पीप बग्छ, अंगुरका झुप्पाजस्तो पलाएको छ, रातो डल्लो छ भन्ने सुनिन्छ । यही रोग नै पायल्स हो । कसैलाई यो रोग लाग्दा रगत आउछ भने कसैलाई आउदैन ।

पायल्स हुनुको कारण

पायल्स हुनुको मुख्य कारण खानपान र जीवनशैली नै हो । पानी कम खाने, हरियो सागपात नखाने, शारीरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, चिया बढी पिउने, माछामासु तथा सुख्खा चीज जस्तै चाउचाउ, बिस्कुट, चाउमिन बढी खाने, अनियमित खानपान, अनिद्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तिको अत्यधिक प्रयोग, कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ ।

दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु, पायल्स रोगको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ ।

पाइल्सका लागि खानुपर्ने

पानी प्रशस्त पिउने, हरियो सागपात काँचै खाने, फलफुल खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने ।

खानासंग मुला, काँक्रो, गाँजर खाने, नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौका खानु राम्रो हुन्छ । कब्जियत हुन नदिने, हरेक दिन शारीरिक व्यायाम गर्ने, आफ्नो पिसाबले गद्द्वार धुने, एक गिलास गाइको दुधमा आधा कागती निचोरेर तुरुन्त खाँदा कसै कसैलाई रगत तथा पिप आउने जस्ता समस्या ठीक भएका छन् । नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा सन्चो भएको पाइएको छ ।

कसैलाई मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर दिसा गरिसकेपछि लगाउँदा निको हुन्छ । कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ । नियमित रुपमा योग गर्दा पनि सन्चो हुन्छ । यो समस्याको नआत्तिइकन उपचार गर्नुपर्छ । औषधि उपचारबाट निको हुन केही समय लाग्न सक्छ । शल्यक्रिया पनि अन्तिम उपचार भने होइन । कहिलकोही शल्यक्रियापछि पनि समस्या बल्झिएको र निको नभएको पाइन्छ ।

पायल्सका बिरामीले के नगर्ने के नखाने ?

पिरो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, कालो दाल, अदुवा, अमिलो, चना, भन्टा, आलु, बोतलबन्द कुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सी जस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिए पायल्स हुनबाट बचिन्छ । भइसकेपछि पनि छिटो निको हुन्छ ।

विशेष गर्नुपर्ने कुराहरु

पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकताअनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम रामंो विधि हो । एकदम कम र हल्का खाने, शरीरले पचाउन सक्ने गरी खानुपर्छ ।

हप्तामा दुई तीनदिन शुरुमा रोग बढेको अवस्थामा एकदिन बिराएर फलफूलको रस वा पानीमात्र खाएर बस्नुपर्छ । डाक्टरको सल्लाहअनुसार केही राम्रो भएपछि बिस्तारै काँचै खानेकुरा खाएर बस्ने, पेटलाई हलुंगो बनाएर औषधि गर्दै जाने । यस्तै, पिपलको बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर नियमित बिहानबेलुकी मासु बढेको ठाउमा एकदेखि तीन महिनासम लगाएमा बिस्तारै सुक्दै जान्छ ।

नागरिक आफ्नै ज्यान कसरी जोगाउने भन्ने चिन्ता

चन्द्रनिगाहपुर, २९ असार । रौतहट जिल्लामा बाढीले डुबान भएकाे छ । लगातारको झरीपछि बागमती र लालबकैया नदीमा बाढी आएपछि सदरमुकाम गौर जलमग्न भएको हाे ।

सदरमुकाम गौरमा रहेका घरमा पानी पसेपछि स्थानीयहरू उद्धारको पर्खाइमा रहेका छन् ।

सदरमुकाम गौरसहित १८ वटै स्थानीय तह जलमग्न भएका छन् । लालबकैया र बाग्मती खोलाले ठाउँठाउँमा तटबन्ध भत्काएको छ ।

बाढी बस्तीमा झण्डै ५ हजार नागरिक विस्थापित भएका छन् । नागरिक रातभरि भोकभोकै र जाग्राम बसेका छन् । १ तला घर हुनेहरू छिमेकी दुई तले घर भएकाहरुकोमा बसेका छन् ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको घरसहित सरकारी कार्यालय, कारागार डुबेका छन् । अन्नबाली र पशुचौपाया जोगाउन नसकेका नागरिक आफ्नै ज्यान कसरी जोगाउने भन्ने चिन्तामा छन् ।

पूर्व प्रधानमन्त्री नेपालकाे परिवार भने काठमाडाैंकाे काेटेश्वरमा रहेकाे घरमा बस्दै आएकाे छ ।

ठाउँ–ठाउँमा बाढीको पानीले घेरिएर टापु बनेका ठाउँमा नागरिक फसे पनि सरकारले उद्धारका लागि हेलिकप्टर पठाउन सकेको छैन ।

सीमावर्ती क्षेत्रमा भारतले लालबकैया र बागमतीसँगै जोडिएको ६ किलोमिटर तटबन्ध निर्माण गरेका कारण पानीको बहाव रोकिएको छ । १० फिट पानी जमेको छ ।

लेग स्पिनर राशिदलाई कप्तानीमा नियुक्त

एजेन्सी । राशिद खान अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त भएका छन् । अफगानिस्तान क्रिकेट बोर्डले शुक्रबार लेग स्पिनर राशिदलाई कप्तानीमा नियुक्त गरेको हो ।

इंग्ल्याण्डमा जारी विश्वकपमा खराब प्रदर्शन गरेपछि अफगानिस्तानले गुल्बादीन नइबलाई हटाएर राशिदलाई कप्तानको जिम्मेवारी दिएको हो । अब राशिदले टेष्ट, एकदिवसीय र टी–ट्वान्टी गरी सबै खाले फर्म्याटको कप्तानी गर्नेछन् ।

राशिदलाई कप्तान बनाएसँगै अफगानिस्तानले २ महिनामा २ नयाँ कप्तान नियुक्त गरेको छ । विश्वकप अघि अफगानिस्तानले गुलाबदीन नाइबलाई एकदिवसीय क्रिकेटको कप्तान बनाएको थियो । अफगानिस्तानले विश्वकपको मुखैमा सफल कप्तान अस्घर अफगानलाई हटाएको थियो ।

विश्वकपमा अफगानिस्तानले खराब प्रदर्शन गर्दै जितविहीन बनेर घर फर्किएको थियो । ९ खेलमा ९ हार व्यहोरेको अफगानिस्तान अंक तालिकाको पुछारमा रहँदै बाहिरिएको थियो ।

२० बर्षे राशिदले अब एकदिवसीय, टी–ट्वान्टी र टेष्ट क्रिकेटको कप्तानी गर्ने छन् । कप्तानको जिम्मेवारी पाएसँगै रसिद क्रिकेट इतिहासमा सवैभन्दा कान्छा कप्तान बनेका छन्।

यसअघि अफगानिस्तानले ३ फर्म्याटका लागि ३ फरक खेलाडीलाई कप्तानीको जिम्मा दिएको थियो । एकदिवसीयमा गुलाबदीन नाइब, टी–ट्वान्टीमा राशिद खान र टेष्टका लागि रहमत शाहलाई कप्तान घोषणा गरेको थियो । अफगानिस्तानको उप कप्तानमा भने पूर्व कप्तान अश्गर अफगान रहेका छन् ।

अनुबन्धसँगै उनी छैटौं महंगो खेलाडी बने

एजेन्सी । बार्सिलोनाले फ्रान्सेली फरवार्ड एन्टोनी ग्रिजम्यानलाई क्लबमा अनुबन्धन गरेको छ ।

लिग प्रतिद्वन्दी एट्लेटिको मड्रिडका फरवार्ड ग्रिजम्यानलाई बार्सिलोनाले १ सय २० मिलियन युरोमा अनुबन्धन गरेको हो । उक्त अनुबन्धसँगै उनी छैटौं महंगो खेलाडी बनेका छन्।

२८ बर्षका विश्वकप विजेता टोलीका सदस्य ग्रिजम्यानले क्लबसंग ५ बर्षको सम्झौता गरेका छन् ।ग्रिजम्यान सन् २०१४ मा रियल सोसिडाडबाट एट्लेटिको मड्रिड गएका थिए । उनले २ सय ५६ खेलमा १ सय ३३ गोल गरेका थिए ।

उनले एट्लेटिकोसंग सन् २०१८ मा क्लबसंग ५ बर्षको सम्झौता गरेका थिए । तर उनले समरमा क्लब छाड्ने घोषणा गरेका हुन् ।

सार्वजनिक गरेको सूचीमा फुटबलबाट लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमार अटाए

जेन्सी । विश्वका सर्वाधिक कमाई गर्ने सेलिब्रेटीको सूचीको शीर्ष १० मा फुटबलका ३ खेलाडी अटाएका छन् ।

फोर्ब्सले सार्वजनिक गरेको सूचीमा फुटबलबाट लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमार अटाएका छन् । मेस्सी सूचीको चौंथो स्थानमा रहेका छन् । यस्तै पोर्चुगल तथा युभेन्ट्सका स्टार रोनाल्डो छैटौं र पीएसजीका ब्राजिलियन स्टार नेयमार सातौं स्थानमा रहेका छन् ।

मेस्सीको कमाई १२७ मिलियन पाउण्ड रहेको छ । यस्तै रोनाल्डोको १०९ र नेयमारको १०५ मिलियन रहेको फोर्ब्सले जनाएको छ ।विश्वमा सर्वाधिक कमाई गर्ने सेलिब्रेटीको शिर्ष स्थानमा गायिका टेलर स्विफ्ट रहेकी छिन् । उनको कमाई १८५ मिलियन रहेको छ ।

मलेसियाले नेपालसामु जीतका लागि १ सय २९ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । मलेसियाले पहिलो टी–२० खेलमा नेपालसामु जीतका लागि १ सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइसीसी टी–२० विश्वकप एशिया छनोट फाइनलको तयारीका लागि नेपाल मलेसियाको भ्रमणमा रहेको छ ।

किनरारा ओभल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २८ रन बनाएको हो ।

मलेसियाका लागि वीरनदिप सिंहले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ४९ बलमा ७ चौका र १ छक्का हिर्काए ।

त्यस्तै, कप्तान अहमद फैजले ४५ रन बनाए । ३९ बलमा उनले दुई छक्का हिर्काए ।

नेपालका लागि करन केसीले तीन विकेट लिए । केसीले तीनै विकेट अन्तिम ओभरमा लिएका थिए ।

उता, सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए ।

सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल प्रतियोगिता तयारीको लागि नेपाली टोलीले घरेलु टोली मलेसियासँग दुई खेलको टी ट्वान्टी सिरिज खेल्नेछ ।

टी ट्वान्टी सिरिज सकिएपछि त्यतैबाट नेपाली टोली सिङ्गापुर जानेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले आप्mनो पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

त्यस्तै साउन ८ गते मलेसिया, ११ गते कुवेत र १२ गते सिङ्गापुरसँग खेल्नेछ । शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछन् । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, व्सन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, शरद भेषवाकर, ललितनारायण राजवंशी, अविनाश बोहरा, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, पवन सर्राफ र सोमपाल कामी छन् । वैकल्पिकतर्फ सुशन भारी, कुशल भुर्तेल, आरिफ शेख र जितेन्द्र मुखिया छन् ।

४६ राँगा-भैसी बागमती नदीले बगायो

लगातारको वर्षाका कारण रौतहट जिल्लमा १५ फिटसम्म पानी जमेको छ। जिल्ला सदरमुकाम गौरको बोडरमा १५ फिटसम्म पानी जमेको हो । लगातारको बर्षाले रौतहटको सदरमुकाम गौर लगायत सबै स्थानीय तहको जनजीवन भयाबह बनेको छ ।

रौतहटको पूर्वतर्फ भएर बग्ने बागमती नदि र पश्चिम भएर बग्ने लाल बकैया नदीको बाँध फुटदा सदरमुकाम गौर पुरै डुवानमा परेको छ ।

डुवानले गर्दा गौरको प्रहरी भंसार सुरक्षा गार्डको कार्यालयको छाना मात्र देखिएको छ भने भुई तल्लाको भाग डुविसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

त्यस्तै कारागारको पहिलो तला समेत डुवानमा परेको छ । सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण पनि डुवानमा परेको छ । सदरमुकाम गौर बाट अन्य स्थानीय तह जोडने सडक सबै अबरुद्ध भएपछि डुवानमा फसेकाहरुको उद्धारमा समस्या उत्पन्न भएको छ । गौरको ब्यबसायीहरुको सामान सबै पानीले भिजेको छ ।

भारतीय सिमा जोडिएका नाकामा पानीको सतह बढेको कारण त्यहाँ स्थापित प्रहरी चौकी ब्रम्हपुरी बसतपुर, प्रहरी चौकी औरैया, भंसार सुरक्षा गार्ड प्रहरी कार्यालय सुरक्षित स्थानमा स्थानन्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पानीको सतह बढदै जादा र डुवानले गर्दा रौतहटमा ४ सय ३२ घर भन्दा बढिका २ हजार ५ सय मानिस विस्थापित भएका छन ।

उनीहरुलाई बिद्यालय र आफन्तको घरमा शरण दिइएको छ । माधव नारायण नगरपालिका– ८ स्थित भोला महतोले संचालन गरेको बागमती कृषि तथा पशु फार्ममा पालिएको ४६ वटा राँगा भैसी बागमती नदीले बगाएको छ ।

खोलामा पसेर सिलिण्डर तान्दातान्दै

२७ असार, काठमाडौं । कलंकीको भुलेश्वरी मन्दिर छेउ बस्ने बर्दियाका ३२ वर्षीय विनोद चौधरी शुक्रबार दिउँसो बल्खु खोला किनारमा थिए ।

विहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी हेर्न पुगेका उनी एक्कासी नदीमा हामफालेपछि अधिकांशले आश्यर्च माने ।

केहीबेरमै थाहा भयो, खोलाले बगाएर ल्याएको सिलिण्डर ग्यास समात्न चौधरीले फाल हानेका रहेछन् ।

‘उहाँ खोलामा पसेर सिलिण्डर तान्दातान्दै डुब्नु भएछ’, महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी देवेन्द्रबहादुर पालले अनलाइनखबरसँग भने, ‘हामीले उहाँको खोजी जारी राखेका छौं ।’

तर, दिउँसै बगेपछि अहिलेसम्म नभेटिएकाले सकुशल भेटिने झिनो आश मात्र रहेको प्रहरी बताउँछ ।

चौधरी सुरुमा आफ्नै कोठाको सिलिण्डर बगेपछि हाम फालेको हुनसक्ने आशंका गरिएको थियो । तर, प्रहरीले गरेको अनुसन्धान क्रममा त्यो सिलिण्डर केहीमाथि रहेको ग्यास डिपोबाट बगाएर ल्याएको खुलेको थियो ।

किन लाग्यो सोनाक्षीमाथि ठगी आरोप ?

मुम्बइ। ठगीको आरोपमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हालाई खोज्दै पुलिस उनको घरमै पुगेको छ । ठगीको आरोपसहित मुद्दा दर्ता भएपछि उत्तर प्रदेशको मुरादाबादको पुलिसको एक टिम सोनाक्षीलाई खोज्दै मुम्बइ पुगेको हो । यद्यपि पुलिस टिमले अहिले सोनाक्षीलाई घरमा भेट्न भने सकेन । सोनाक्षी शुटिङका लागि अहिले हैदराबादमा छिन् । अब यदि सोनाक्षी घर नआए मरादाबाद पुलिस उनलाई खोज्दै हैदराबाद नै जानेछ ।

सोनाक्षीमाथि ठगी गरेको आरोप लागेपछि त्यसको जाँचको लागि मुम्बइ पुगेको पुलिसले घरमा सोनाक्षीकी आमा पूनमलाई भेटेको छ । पूनमले पुलिसलाई सोनाक्षीका पिता शत्रुघ्न सिन्हासँग फोनमा कुरा गराएकी थिइन् । उनले पुलिसलाई सोनाक्षीले शुटिङबाट समय पाएपछि कुरा गराउने बताएका थिए । पुलिस उनको घरमा करिब २ घण्टा रहेको बताइइको छ ।

किन लाग्यो सोनाक्षीमाथि ठगी आरोप ?

उत्तर प्रदेशको कटघरको शिवपुरी निवासी प्रमोद शर्माले सोनाक्षीविरुद्ध मुद्दा दर्ता गरेका हुन् । प्रमोदले दिल्लीमा ३० डिसेम्बर २०१८ मा इण्डिया फेशन एण्ड ब्यूटी अवार्ड कार्यक्रमको आयोजना गरेका थिए । अवार्डको लागि सोनाक्षी सिन्हा आउनुपर्ने थियो । जून महिनामा यसको लागि सम्झौता भएको थियो । सोनाक्षीले एउटा भिडियो शेयर गरेर कार्यक्रममा आउने जानकारी दिएकी थिइन् ।

यसको लागि ३७ लाख रुपैयाँ मुरादाबादबाट अनलाइन ट्रान्सफर गरिएको थियो । यसमध्ये ४ लाख रुपैयाँ सोनाक्षीको खातामा पठाइएको थियो । बाँकी ३३ लाख रुपैयाँ अभिषेकको कम्पनी ट्यालेन्ट फूल अन, उनकी पत्नी स्वातीका अलावा आशिषको खातामा पठाइएको थियो । तर, ३० सेप्टेम्बरमा सोनाक्षी कार्यक्रममा आइनन् । त्यसपछि प्रमोदले आफूसँग ३७ लाख ठगी गरेको आरोप लगाउँदै पुलिसमा उजुरी दिए । यस मुद्दामा सोनाक्षी सिन्हा, अभिषेक सिन्हा, माल्विका पंजाबी, धुमिल ठक्कर, एडगर सकारियालाई विपक्षी बनाइएको छ ।